सिद्धार्थ बैंकका सीईओको तलब भत्ता २ करोड बढी, लगानीकर्तालाई ४.२१% नगद लाभांश



काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि २ करोड १० लाख ३२ हजार २३६ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा पारिश्रमिक, भत्ता तथा सुविधा बापत सीईओलाई उक्त तलब भत्ता दिएको जनाएको छ । बैंकमा सुन्दरप्रसाद कँडेल सीईओका रुपमा कार्यरत छन् । कडेलले आफ्नो तलब भत्ता बापत राज्यलाई ३९ प्रतिशत कर तिरेका छन् ।

यस्तै बैंकले गत आवमा सीईओका साथै नायब प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक, वरिष्ठ प्रबन्धक, प्रबन्धक लगायतलाई ४५ करोड ९१ हजार ४८६ रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको छ ।

बैंकले नायब प्रमुख कार्यकारी अधिकृतलाई १ करोड ६५ लाख २८ हजार ९४६ रुपैयाँ, सहायक प्रमुख कार्यकारी अधिकृत १ करोड ४१ लाख ४२ हजार ४४८ रुपैयाँ, नायब महाप्रबन्धकहरुको ३ करोड १५ लाख ७१ हजार ६० रुपैयाँ, सहायक महाप्रबन्धकको २ करोड १३ लाख ८ हजार ८५० रुपैयाँ, वरिष्ठ प्रबन्धकको ४ करोड ३७ लाख ६५ हजार ८१६ रुपैयाँ, उप प्रबन्धकको १० करोड ७७ लाख ८१ हजार ४२६ रुपैयाँ, सहायक प्रबन्धकलाई ११ करोड २१ लाख २२ हजार १५५ रुपैयाँ तलब भत्ता भुक्तानी गरेको छ ।

बैंकले गत आवको नाफबाट सेयरधनीहरुलाई ४.२१ प्रतिशत नगद लाभांश दिएको छ ।


क्लिकमान्डु