नबिल बैंकको ११ प्रतिशत लाभांश पारित



काठमाडौं । नबिल बैंकको ११ प्रतिशत लाभांश पारित भएको छ । बैंक सञ्चालक समितिले गरेको प्रस्ताव राष्ट्र बैंकको स्वीकृतिपछि साधारण सभाबाट बिहीबार पारित भएको हो ।

सञ्चालक समितिले २०७९/८० को नाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।  बैंक आव २०७९/८० मा ६ अर्ब ४० करोड नाफा गर्न गरेको थियो ।

नबिलले वित्तीय क्षेत्रमा करिब चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै  डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

‘क’ वर्गका बैंकहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैंकको पहिचान पाएको बैंकले दिगो बैंकिङ प्रणालीमा जोड दिएको बैंकका अध्यक्ष पौड्यालले बताए ।

नबिलले देशभरका २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।


क्लिकमान्डु