गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने



काठमाडौं । गरिमा विकास बैकले सेयरधनीका लागि लाभांश दिने प्रस्ताव गरेको छ ।

शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ९.५ प्रतिशत र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

बैंकले पुस २९ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोेकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु