एचआईडीसीएलद्वारा लाभांश घोषणा, बुक क्लोज कहिले ?



काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लाभांश घोषणा गरेको छ ।

एचआईडीसीएलको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले गत वर्षको नाफाबाट कर सहित ५.२६३ प्रतिशत नगद लाभांश घोषण गरेको हो ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने भएको छ ।


क्लिकमान्डु