इन्फिनिटी लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ ।

संस्थाको बुधवार बेलुकी बसेको सञ्चालक समितिको ९८ औं बैठकले आर्थिक वर्ष २०७९/८० मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

संस्थाको २०८० आसाढ मसान्तको वासलात, आव २०७९/८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गरिएको र सो को अन्तिम स्वीकृति तथा साधारण सभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु