पोखरा फाइनान्सले बनायो सेयरधनीको हात खाली



काठमाडौं । पोखरा फाइनान्सले लगानीकर्ताहरुको हात खाली बनाएको छ ।

कम्पनीको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने र स्वीकृत भएपछि सो वित्तीय विवरण वित्तीय संस्थाको वार्षिक साधारणसभामा स्वीकृतिका पेस गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु