गरिमा विकास बैंकले लाभांश वितरण गर्ने



काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीहरुलाई १०% लाभांश वितरणको घोषणा गरेको छ ।

बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९.५०% बोनस सेयर र कर प्रयोजनाका लागि ०.५०% नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ४९ करोड २८ लाख ३० हजार २७० रुपैयाँ बराबरको बोनस र २ करोड ५९ लाख ३८ हजार ४३५ रुपैयाँ नगद लाभांशमा खर्च गर्ने जनाएको छ ।

राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भइ र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई बोनस वितरण गरिने बैंकले जनाएको छ ।


क्लिकमान्डु