कुमारी बैंकलाई ‘एक्सिलेन्स इन कन्जुमर कार्ड – क्रेडिट’ अवार्ड



काठमाडौं । कुमारी बैंकबाट ‘एक्सिलेन्स इन कन्जुमर कार्ड – क्रेडिट’ अवार्ड प्राप्त गरेको छ । भिसा इन्टरनेसनलले आयोजना गरेको लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा बैंकलाई सो अवार्ड प्रदान गरिएको हो ।

स्थापना कालदेखि नै बैंकिङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसात् गर्दै अघि बढेको र आगामी दिनमा पनि सेवाको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ ।

देशव्यापी ३०९ शाखा सञ्जाल, ३१४ एटीएम, ६५ शाखारहित बैंकिङ इकाइ तथा ४९ विस्तारित काउन्टरमार्फत बैंकले अत्याधुनिक वित्तिय सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु