ज्योति विकास बैंकले बनायो सेयरधनीको हात खाली



काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । बैंकले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको हो ।

बैंकको आज बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात सो वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय भएको कम्पनी सिचिव बलदेव थापाले जनाएका छन् ।


क्लिकमान्डु