बत्तीस करोडमा बन्यो नगरपालिकाको अत्याधुनिक भवन



भक्तपुर । चाँंगुनारायण नगरपालिकाको नयाँ भवन शुक्रबारदेखि सञ्चालनमा आएको छ । नगरप्रमुख जीवन खत्रीले नगरपालिकाको सुविधासम्पन्न भवनको शुक्रबार उदघाट्न गरेका छन् । चाँंगुनारायण नगरपालिका–५ छालिङ्ङमा २१ रोपनी तीन आना क्षेत्रफलमा ३२ करोड ७३ लाख ७७ हजार आठ सय १९ रुपैयाँमा उक्त भवन निर्माण भएको होे ।

नवनिर्मित भवनको उदघाट्न गर्दै नगरप्रमुख खत्रीले नगरको विकासमा विभेद नगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । खत्रीले नयाँ भवनबाट नगरवासीलाई सेवा प्रवाह गर्न सहज हुने बताए ।

नयाँ भवन निर्माणका लागि जिल्ला समन्वय समिति भक्तपुरले तीन करोड र केन्द्र सरकारबाट सात करोड ५० लाख रुपैयाँ प्राप्त भएको थियो । अपुग रकम नगरपालिकाको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको थियो ।


क्लिकमान्डु