सेयर धितोमा जाने कर्जा ८१ अर्ब १६ करोड पुग्यो, ६.४ प्रतिशतको वृद्धि



काठमाडौंं । सेयर धितोमा जाने कर्जा बढ्न थालेको छ । गत वर्षको कात्तिकको तुलनामा यो कात्तिकमा सेयर धितोमा जाने कर्जा ६.४ प्रतिशतले बढेर ८१ अर्ब १६ करोड ८० लाख रुपैयाँ पुगेको छ । गत वर्षको कात्तिकमा ७५ अर्ब ९६ करोड ५० लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह भएको थियो ।

केन्द्रीय बैंकका अनुसार गत कात्तिकको तुलनामा यो कात्तिकमा सेयर धितोमा जाने सबैखाले कर्जा बढेको छ । राष्ट्र बैंकका अनुसार सेयर धितोमा जाने १ करोडभन्दा बढीको धितोकर्जा ७.७ प्रतिशतले बढेर ४८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत कात्तिकमा ४३ अर्ब ३२ करोड रुपैयाँ थियो ।

यस्तै ५० लाखदेखि १ करोडसम्मको कर्जा ०.५ प्रतिशतले बढेर ११ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १० अर्ब ७८ करोड रुपैयाँ थियो ।

केन्द्रीय बैंकका अनुसार २५ देखि ५० लाख रुपैयाँसम्ममा जाने सेयर धितोकर्जा ८ प्रतिशतले बढेर १३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत कात्तिकमा १३ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो ।


क्लिकमान्डु