घोराही सिमेन्टको नाफा ७५.३३% ले घट्यो, प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसा




काठमाडौं । घोराही सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नाफा ७५.३३ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको असार मसान्तमा २१ करोड ६५ लाख ४१ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आवका सोही अवधिमा ५ करोड ३४ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो अवधिमा कम्पनीको ब्यापार पछि घटेको छ । अघिल्लो आवको सोही अवधिमा ४ अर्ब ८० करोड रुपैयाँको व्यापार गरेको कम्पनीले गत आवको सोही अवधिमा ४ अर्ब ६२ करोड रुपैयाँको व्यापार गरेको छ ।

अघिल्लो आवको असार मसान्तमा २४ करोड १ लाख १९ हजार रुपैयाँ अन्य आम्दानी भएकोमा गत आवको सोही अवधिमा १७ करोड ३८ लाख ३७ हजार रुपैयाँ रहेको छ ।

३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ९० लाख रुपैयाँ रहेको छ भने रिटेन अर्निङमा ३ अर्ब ९९ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५६ पैसा रहेको छ ।


क्लिकमान्डु