माथिल्लो मैलुङ खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
काठमाडौं । माथिल्लो मैलुङ खोला हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
कम्पनीले निष्कासन गरेको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिएकामध्ये १ लाख २८ हजार ४२० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
आईपीओमा ११ लाख ९० हजार २९६ जनाको आवेदन परेकामा ११ लाख ८५ हजार ६४२ जनाको आवेदन मात्रै योग्य भएको छ । कम्पनीले असोज १८ देखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो ।
आईपीओको नतिजा बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, निष्कासन कर्ता कम्पनी माथिल्लो मैलुङ खोलाको वेबसाइट, मेरो सेयर र सीडीएससीले आईपीओ निष्कासन गर्न बनाएको वेबसाइटबाट थाहा पाउन सकिने छ ।