मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँको १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्कासन गरेको छ ।

असोज २५ गतेदेखि निष्कासन गरेको एफपीओमा आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

आवेदन सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर मार्फत सेयर दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।


क्लिकमान्डु