नेप्से २३ अंकले घट्यो, १३ उपसमूहकै सेयर मूल्यमा गिरावट



काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २३ अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २३.१६ अंकले ओरालो लागेर १८५१ अंकमा झरेको हो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ अंकले ओरालो लागेर ३५५.७४ अंकमा सीमित भएको छ ।

कारोबार भएका कुल १३ उपसमूहकै सेयर मूल्यमा गिरावट भएको छ । सोमबार विभिन्न कम्पनीका ४८ लाख ३७ हजार ८९३ कित्ता सेयर १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० मूल्यमा कारोबार भएको छ ।

कारोबारका आधारमा प्रभु बैंकको संस्थापक सेयर शीर्ष स्थानमा छ । प्रभुको ६ करोड २४ लाख ७६ हजार ८९३ रुपैयाँबराबरको कारोबार भएको छ ।

हाथवे इन्भेस्टमेन्ट नेपालको ५ करोड २७ लाख २ हजार ७५९, सिटिजन लाइफ इन्स्योरेन्सको ३ करोड ६७ लाख २३ हजार २६८, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ५८ लाख २९ हजार ५८४ र एनआईसी एशिया बैंकको ४ करोड ४३ लाख ३५ हजार ६४१ रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

आज सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ७.८७, सुपर मादी हाइड्रोपावर ४.०४ र कालिञ्चोक दर्शनको सेयर मूल्य ३.९७ प्रतिशत बढाएको छ ।

यस्तै, सयपत्री हाइड्रोपावर र हाथवे इन्भेस्टको सेयर मूल्यमा १० प्रतिशतले गिरावट हुँदा नकारात्मक सर्किट लागेको छ । मिड सोलु हाइड्रोपावर ९.०६ र घलेम्दी हाइड्रोपावरका लगानीकर्ताले ८.७७ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु