सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएको थियो । सोमबार प्रतितोला ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको छ ।

साथै, सोमबार चाँदीको मूल्य स्थिर रही प्रतितोला १३ सय ९० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु