ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा
काठमाडौं । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ ले इकाईधनीहरुलाई प्रतिफल घोषणा गरेको छ ।
सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट इकाईधनीहरुलाई कर सहित ५ प्रतिशत प्रतिफल दिने घोषणा गरेको छ ।
कम्पनीले प्रतिफल घोषणा गरेपछि बुक क्लोेजको मिति भने तय गरेको छैन ।