६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्री गर्दै प्रभु बैंक



काठमाडौं । प्रभु बैंकले ६ लाख ११ हजार ४४३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापकको सेयर बिक्री गर्न लागेको हो । यो सेयरमा संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

बैंकको सेयर खरिद गर्न इच्छुकले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीले आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थाले आवेदन दिन पाउने बैंकले जनाएको छ ।


क्लिकमान्डु