एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले बनायो लगानीकर्ताको हात खाली



काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

कम्पनीले यो पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले कात्तिक १७ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

सभाका लागि भन्दै कम्पनीले असोज ३० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । असोज २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले बोलाएको साधारणसभामा भाग लिन पाउनेछन् ।


क्लिकमान्डु