आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने



काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले सिटिजन्स बैंकको लाभांश पाउने छन् ।

बैंकले आगामी साधारणसभाका लागि असोज १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनुका साथै सभामा भाग लिन पाउनेछन् ।

बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५.७९ प्रतिशत नगद लाभांश दिने जनाएको छ । सिटिजन्स बैंकले असोज २६ गते वार्षिक साधारण सभा बोलाएको छ ।


क्लिकमान्डु