नबिल ब्यालेन्स्ड फन्ड–२’ को प्रतिफल घोषणा



काठमाडौं । ‘नबिल ब्यालेन्स्ड फन्ड–२’ ले प्रतिफल घोषणा गरेको छ ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित फण्डले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल दिने घोषणा गरेको हो ।

बिहीबार बसेको सञ्चालक समिति बैठकले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाईधनीलाई करसहित ९.६ प्रतिशत नगद प्रतिफल दिने घोषणा गरेको छ ।

कम्पनीले असोज २६ गते बुक क्लोज गर्ने भएको छ । असोज २५ गतेसम्म कायम रहेका इकाईधनी तोकेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु