लिबियामा बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु, १० हजार बेपत्ता



एजेन्सी । लिबियामा आएको बाढीमा परी दुई हजार तीन सय जनाको मृत्यु भएको छ । बाढीमा परी १० हजारभन्दा बढी बेपत्ता भएका रेडक्रसका अधिकारीले बताएका छन् ।

रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघका अनुसार लिबियाका लागि प्रतिनिधिमण्डलका प्रमुख टेमेर रमदानले उत्तर अफ्रिकी देशमा बाढीपछि १० हजार मानिस बेपत्ता भएको र मर्नेहरूको सङ्ख्या हजारौं पुग्न सक्ने बताएका छन् ।

लिबियाका अधिकारीले ड्यानियल आँधीका कारण भएको मुसलधारे वर्षासँगै अचानक बाढी आउँदा डेर्नामा मात्र दुई हजारभन्दा बढीको मृत्यु भएको आशंका गरेका छन् । उनीहरुले दुई वटा नदीका बाँध भत्किँदा ठूलो हताहति भएको जनाउँदै ज्यान गुमाउनेको सङ्ख्या पाँच सय नाघ्नसक्ने अनुमान गरेका छन् ।


क्लिकमान्डु