फिल्म बनाउन लाग्नेभन्दा पनि कम खर्चमा भारतले चन्द्रमामा पठायो चन्द्रयान-३ !



एजेन्सी । चन्दमासम्म पुग्ने लक्ष्यसहित सुरु भएको भारतको तेस्रो मिसन ‘चन्द्रयान–३’को ल्याण्डर बुधबार चन्द्रमाको सतहमा अवतरण भएको छ । हालसम्म कोही नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा भारतले पहिलो पटक आफूलाई पुर्‍याएर इतिहास रचेको छ । तर, के तपाईंलाई चन्द्रयान ३ मिसन जारी रहँदा भारतले कति खर्च गर्‍यो भन्ने थाहा छ ?

प्रायः अन्तरिक्षसँग सम्बन्धित विभिन्न अनुसन्धान वा यात्राहरु निकै महंगा हुने गर्छन् । अर्बौं लागतमा यस्ता मिसनहरु सञ्चालन भएका हुन्छन् । तर, यी सबैमा पनि भारत भने सस्तोमा अन्तरिक्षसम्म पुग्ने देशमा गनिन्छि । यसपटकको मिसनमा पनि भारतले त्यसलाई निरन्तरता दिएको छ ।

तुलनात्मक रुपमा हेर्ने हो भने भारतको चन्द्रयान–३ को खर्च हालै रिलिज भएका फिल्म बार्बी वा ओपनहाइमरजस्ता फिल्मको भन्दा पनि कम छ । यो खर्च यान तयार गर्नेदेखि अन्तरिक्षमा पुगेर चन्द्रमामा ल्याण्ड गर्दासम्मको खर्च हो । प्रशासनिक खर्च बाहेकको खर्च हेर्ने हो भने भारतमा नै बनेको एसएस राजमौली निर्देशिक फिल्म ‘आरआरआर’ वा हालै निकै विवादित बनेको फिल्म ‘आदिपुरुष’ बनाउन लागेको लागतभन्दा पनि कम खर्चमा भारतको यो मिसन पूरा भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चन्द्रयान–३ को सम्पूर्ण खर्च ७०० करोड भारतीय रुपैयाँ रहेको छ । यो भनेको नेपाली रुपैयाँमा ११ अर्ब १६ करोड हुन आउँछ । नेपालको बजेट नै भारतले अन्तरिक्षमा चन्द्रयान–३ पठाउँदा गरेको खर्चभन्दा १५७ गुणा हाराहारीले धेरै छ ।

भारतको अन्तरिक्षसँग सम्बन्धित काम गर्ने संस्था इस्रोले यति कम लागतमा नै चन्द्रमासम्मको मिसनलाई सफलता दिएको छ ।
भारतले यसअघि दुईवटा मिसन सञ्चालन गरिसकेको छ, तर चद्रमामा अवतरण हुने लक्षमा सफलता हात परेको थिएन । २००८ मा चन्द्रयान–१ र २०१९ मा चन्द्रया–२ मिसन भारतले गरिसकेको छ । जसमध्ये पहिलो सफल भएको थियो भने दोस्रो असफल भएको थियो ।

दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश
यसअघि रूस, चीन र अमेरिकाले चन्द्रमामा सफ्ट ल्याण्डिङ गरेका थिए । तर यी सबैको काम भूमध्यरेखीय क्षेत्रमा थियो । विक्रम ल्याण्डरले दक्षिणी ध्रुवमा विक्रम ल्याण्डरले सफ्ट ल्याण्डिङ गरेको हो ।

सफ्ट ल्याण्डिङ यति आरामसँग भएको थिएन । विक्रम ल्याण्डर दश किलोमिटर प्रतिघन्टाको गतिमा चन्द्रमाको सतहमा बसेको हो । यदी उसलाई छोडिदिएको भए निकै तिब्र गतिमा खस्ने थियो । जसरी चन्द्रयान-२ को ल्याण्डर चन्द्रमाको सतहमा क्षतिग्रस्त भएको थियो ।

तर चन्द्रयान-३ को विक्रम ल्याण्डर यसरी बनाइएको थियो कि त्यो चन्द्रमाको सतहमा सही रुपमा गएर बस्यो । र पछि बेंगलुरुस्थित कमाण्ड सेन्टरसँग कुराकानी गर्न सकोस् ।

यो निकै मुस्किल काम हो । विश्वमा अहिलेसम्म जति पनि सफ्ट ल्याण्डिङ भएको छ, त्यसमध्ये दुईमा एक मात्र सफ्ट ल्याण्डिङ सफल भएको छ । यसअघि भारतको चन्द्रयान-२ को ल्याण्डर दुर्घटनामा परेको थियो ।

तर यसपछि चन्द्रयान-३ को विक्रम ल्याण्डरको चन्द्रमा उत्रिनु एक ठूलो उपलब्धि हो । विक्रमको नाम भारतमा स्पेस टेक्नोलोजीका जनक विक्रम साराभाईको नाममा राखिएको हो ।

विक्रम ल्याण्डरको गति कसरी कम भयो ?

चन्द्रमाको सतहमा उत्रनु अघि विक्रम ल्याण्डरको रफ्तार कम गर्नु पनि एक चुनौती थियो । यसका लागि चन्द्रयान-३ को विक्रम ल्याण्डरको १२५*२५ किलोमिटरको अर्बिटमा राखिएको थियो । यसका साथै डिअर्बिट । यसपछि जब विक्रम ल्याण्डरलाई चन्द्रमाको सतहतर्फ पठाइयो तब त्यसको रफ्तार ६ हजार किलोमिटर प्रतिघन्टा भन्दा धेरै थियो ।

त्यसपछि जब केही मिनेटमा नै जब त्यसलाई चन्द्रमाको सतहमा सफ्ट ल्याण्डिङ गर्दा त्यसको गति निकै कम गरिएको थियो । यस्तो गर्न विक्रम ल्याण्डरमा लागेको चार इन्जिनको सहारा लिइएको थियो । यसपछि दुई इन्जिनको सहयोगमा विक्रमलाई चन्द्रमाको सतहमा उतारिएको थियो ।

कसरी बाहिर आयो प्रज्ञान रोवर ?

चन्द्रयान-३ को विक्रम ल्याण्डर चन्द्रमाको सतहमा पुगेको छ । अब यसको रोवर प्रज्ञान बाहिर निस्किएको छ । विक्रम ल्याण्डर चन्द्रमाको जमिनमा बसेका कारण धुलोको कणहरु उडेका थिए । विक्रम ल्याण्डरबाट एक र्‍याम्प खुलेको छ जसको सहारा प्रज्ञान चन्द्रमाको जमिनमा यताउता सुरु गर्नेछ ।

चन्द्रयान ३ चन्द्रमामा बसेको १४ घण्टापछि बिहीबार बिहान प्रज्ञान विक्रमबाट बाहिर निस्किएर चन्द्रमाको सतहमा घुमिरहेको भारतीय अन्तरिक्ष संस्थान केन्द्रले जनाएको छ । प्रज्ञान रोवरमा ६ वटा टेक्ने माध्यम छन् र यसको तौल २६ किलो छ ।

रोवरले पानी र बहुमूल्य धातुका साथ आसपासका चिजहरुको स्क्यान गर्ने छ र यसबारे जानकारी पठाउने छ ।

प्रज्ञान रोवर र विक्रम ल्याण्डर एक अर्कासँग कुराकानी गर्न सक्छन् । विक्रम ल्याण्डर चन्द्रयान-३ को अर्बिटर र बंगलुरूस्थित कमाण्ड सेन्टर दुबैसँग कुरा गर्न सक्छ । यसपछि विज्ञानको काम शुरू हुनेछ जो १४ दिनसम्म जारी रहने छ ।

विक्रम र प्रज्ञान दुबै सोलारबाट सञ्चालित छन् । यसलाई चन्द्रमाको प्रकाशवाला क्षेत्रमा सही रुपमा पुर्‍याइएको छ । किनकी अब १४ दिनसम्म प्रकाश रहे प्रज्ञान र विक्रम काम गर्न सक्षम हुनेछन् ।

केही समयमा चन्द्रमाको सतहको पहिलो तस्बिर आउनेछ जसमा प्रज्ञान विक्रमको फोटो लिनेछ भने विक्रमले प्रज्ञानको तस्बिर लिनेछ। यो चन्द्रमाको सतहमा खिचिएको यस खालको पहिलो तस्बिर हुनेछ ।

विक्रम र प्रज्ञान ४*२.५ किलोमिटरको त्यस क्षेत्रमा काम गर्नेछन् जसको नाम कलाम विहार दिइएको छ ।

भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामले भारतले चन्द्रमाको सतहको दक्षिणी ध्रुवको करीब आफ्नो झण्डा गाड्नुपर्ने बताएका थिए । यस्तोमा खुसीको यो सारा खेल कलाम बिहारबाट हुँदैछ ।

प्रज्ञान र विक्रममा कसरी हुन्छ कुराकानी ?

प्रज्ञान र विक्रमकाबीच कुराकानीको माध्यम रेडियो वेभ हो। यो इलेक्ट्रो म्याग्नेटिक वेभ हुन्छ । वैज्ञानिकले प्रज्ञानले आफ्नो ल्याण्डर विक्रमसँग कुराकानी गर्न सक्ने गरि यसको विकास गरेका छन् । प्रज्ञानले सिधा बेंगलुरुस्थित कमाण्ड सेन्टरसँग कुरा गर्न सक्दैन ।

तर विक्रमले भने सिधा बेंगलुरुस्थित कमाण्ड सेन्टरसँग कुराकानी गर्न सक्छ । तर, चन्द्रयान-३को प्रोपेल्शन मोड्यूलमा कुनै कम्युनिकेशन डिवाइस छैन ।

यो पूरै प्रकृयामा चन्द्रमाबाट पृथ्वीसम्म सन्देश आउन सवा सेकेन्डमात्र लाग्ने छ । र यो सबै प्रकृया अटोमेटेड ढंगबाट हुनेछ ।


क्लिकमान्डु