आवासीय घर कर्जामा २ करोडसम्म लगानी गर्न पाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाख सीमा बढाएको हो ।

राष्ट्र बैंकले यसअघि आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ तोकेको थियो । उक्त सीमालाई वृद्धि गरेर २ करोड पुर्‍याएको हो । आवासीय घरकर्जामा जोखिमभार कम हुन्छ ।

शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि के थियो ?

यसअघि निर्माण कम्पनीले आवासिय घर (हाउजिङ) निर्माण गर्न कर्जा लिँदा धितोको वास्तविक बजार मूल्यको ६० प्रतिशतसम्म बैंकले कर्जा दिन पाउने व्यवस्था थियो ।

त्यस्तै, पहिलो पटक घर निर्माण वा खरिद गर्नेलाई धितोको वास्तविक बजार मूल्यको ७० प्रतिशतसम्म बैंकले कर्जा दिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले १ करोड ५० लाख रुपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवासियक कर्जा मानेको छ । यसरी प्रवाह गरिएको कर्जाको ६० प्रतिशत जोखिम भारबापत बैंकले कर्जा स्वीकृत गरेकै बखत प्रोभिजन गर्नुपर्छ ।


क्लिकमान्डु