चीनसँगको बीआरआई कार्यान्वयनबारे छलफलमा सरकार



काठमाडौं । सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै भने, ‘दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको छ।’

नेपाल र चीनबीच सन् २०१७ मा बीआरआईसम्बन्धीसम्बन्धी सम्झौता भएको थियो । यद्पि बीआरआईका कुन-कुन परियोजनालाई कसरी अघि बढाउने भन्‍ने विषयमा भने कुनै निर्णय हुन सकेको छैन ।

यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनका क्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले बीआरआई अन्तर्गतको परियोजना कार्यान्वयन भएको दाबी गरेका थिए ।

परराष्ट्र मन्त्री साउदले भने यसअघि पनि बीआरआईको कुनै पनि परियोजना अघि बढ्न नसकेको जानकारी गराएका छन् ।

चीनका तत्कालीन विदेशमन्त्री वाङ यीको मार्च २०२२ मा सम्पन्न नेपाल भ्रमणमा हस्ताक्षर भए अनुसार केरुङ-काठमाडौँ रेलवेको सम्भाव्यता अध्ययन तथा दुई देशबीच अन्तर देशीय विद्युत प्रसारण लाईनको सम्भाव्यता अध्ययन भइहेको पनि परराष्ट्रमन्त्री साउदले जानकारी गराएका छन् ।


क्लिकमान्डु