माथिल्लो तामाकोशी हाइड्रोपावरले माग्यो ४५ कर्मचारी, कुन पदका लागि कति ?



काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावरले ४५ जना कर्मचारी माग गरेको छ । कम्पनीले आज सूचना जारी गर्दै विभिन्न पदमा ४५ कर्मचारी माग गरेका छन् ।

कम्पनीले रिक्त रहेका पदहरुमा जुनियर मिस्त्रीदेखि वरिष्ठ इन्जिनियरसम्मको पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार वरिष्ठ इन्जिनियर इलेक्ट्रिकल र वरिष्ठ इन्जिनियर मेकानिकलमा एक/एक जना, इलेक्ट्रिकल इन्जिनियर ३ जना तथा इन्जिनियर इलेक्ट्रिकल तथा सञ्चार, सिभिल इन्जिनियर, विविध वातावरणविद् र जियोलिस्ट एक/एक जना माग गरिएको छ ।

त्यसैगरी, कम्पनीले सहायक प्रशासकीय अधिकृत २ जना, सहायक लेखा अधिकृत २ जना, इलेक्ट्रिकल र सिभिल सुपरभाइजर एक/एक जना,  मेकानिकल सुपरभाइजर ४ जना, इलेक्ट्रिकल फोरमेन ८ जना, इलेक्ट्रिसियन ३ जना र मेकानिमल जुनियर मिस्त्री ११ जना कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजबाट साउन ९ सम्ममा आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु