शोधनान्तर स्थिति सवा २ खर्बले बचत, चालु खाता घाटामा




काठमाडौं । नेपाल राष्ट्र बैंकका अुुसार जेठ मसान्तसम्म चालु खाता ६९ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ९२ अर्ब १४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाताको जेठ मसान्तसम्म ५३ करोड ६१ लाखले घाटामा रहेको छ ।

जेठ मसान्तसम्म पुँजीगत ट्रान्सफर २२.५ प्रतिशतले कमी आई ७ अर्ब ३५ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ९ अर्ब ४९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १७ अर्ब ३५ करोड रहेको थियो ।

जेठ मसान्तसम्म शोधनान्तर स्थिति २ खर्ब २८ अर्ब ९८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ६९ अर्ब ८१ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर अहिले १ अर्ब ७४ करोडले बचतमा रहेको छ ।


क्लिकमान्डु