घरजग्गा मूल्याङ्कन ५० प्रतिशत बनाउन निजी क्षेत्रको सुझाव



काठमाडौं । निजी क्षेत्रका व्यवसायीहरूले घरजग्गा कारोबारको लागि ऋण प्रवाह गर्ने सीमा अवधि ५० प्रतिशत बनाउन सुझाव दिएका छन् ।

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल द्योग परिसंघ र नेपाल अफ चेम्बर अफ कमर्सले संयुक्त रूपमा राष्ट्र बैंकलाई सुझाव दिँदै बैंकहरूबाट घरजग्गा कारोबारको लागि ऋण प्रवाह गर्दा काठमाडौं उपत्यका भित्र मूल्याङ्कन ३० प्रतिशत र काठमाडौं उपत्यका बाहिर ४० प्रतिशतप्रादन गरिने व्यवस्था मूल्याङ्कनको ५० प्रतिशत नै बनाउन राष्ट्र बैंकलाई सुझाव दिएका छन् ।

राष्ट्र बैंकले गत वर्ष घरजग्गा कारोबारलाई निरूत्साहित गर्न मौद्रिक नीतिमार्फत् ५० प्रतिशतबाट घटाएको थियो ।


क्लिकमान्डु