भारतमा उपचार गर्दा लागेको खर्च नलिने घोषणा गरेका राष्ट्रपति पौडेललाई ५५ लाख रुपैयाँ, अर्थलाई पत्र ‍



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका लागि खर्च गरेको विल भर्पाइ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयमा पत्राचार गरेको छ ।

राष्ट्रपति पौडेल स्वास्थ्य परीक्षणका लागि २०८० वैशाख ६ गते श्री एयरलाईन्सको चार्टर एयर एम्बुलेन्सको उडान मार्फत भारतको नयाँ दिल्ली प्रस्थान गरि वैशाख १७ मा नेपाल वायुसेवा निगमको नियमित उडानबाट नेपाल फर्किका थिए । त्यसक्रममा खर्च भएको ५५ लाख ४ हजार ६ सय ५४ को विल भर्पाइ भुक्तानीका लागि परराष्ट्रले अर्थमन्त्रालयलाई पत्र पठाएको हो ।

को विल भपाई भुक्तानी गर्न बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयको च.नं.८३७ मित २०८०/०३/११ वाट स्वास्थ्य उपचार लगायतको खर्चका लागि प्रचलित कानून तथा स्वीकृत मापदण्ड बमोजम खर्च गर्ने गरी ५५ लाख ४ हजार ६ सय ५४ रुपैयाँ अर्मन्त्रालयबाट सहमति प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

‘उक्त कार्यक्रमका लागि भएको यथार्थ खर्चको विल भपाई बमोजिमको रकम सम्वन्धीतलाई भुक्तानी दिने प्रयोजनका लागि रु.५५,०२,२७९/- (अक्षररुपी पचपन्न लाख दुई हजार दुई सय उनासी मात्र ) तपसिलको खर्च शीर्षक नम्बर र क्रियाकलापमा बजेट निकासाका लागी अर्थ मन्त्रालयमा लेखि पठाउन मिति २०८०।०३।१८ को निर्णय ( सचिवस्तर) को प्रतिलिपि र अन्य आवश्यक कागजातहरु यसै साथ संलग्न राखी पठाईएको व्यहोरा सादर अनुरोध गरिन्छ’ परराष्ट्र मन्त्रालयको आर्थिक प्रशासन शाखाका उपसचिव भेषप्रसाद भुर्तेलको हस्ताक्षरको पत्रमा भनिएको छ ।

यसअघि राष्ट्रपतिको सचिवालयले पौडेलको उपचारमा लागेको खर्च उनले आफैं व्यहोर्ने बताएको थियो ।


क्लिकमान्डु