मिडल इन्खु हाइड्रोपावरबाट २७.९ मेगावाट बिजुली उत्पादन गरिने, साढे ६ अर्ब लगानी



काठमाडौं । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको मिडल इन्खु जलविद्युत आयोजनाबाट २७.९ मेगावाट विजुली उत्पादन गर्ने भएको छ ।

विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गरिसकेको छ । प्रतिवेदनअनुसार आयोजनाबाट वार्षिक १६४.११ गिगावाट आवर विजुली उत्पादन हुनेछ ।

आयोजनाबाट सुख्खायाममा ५०.२० गिगावाट आवर उर्जा उत्पादन हुनेछ भने वर्षायाममा ११३.९१ गिगावाट आवर विजुली उत्पादन गर्नेछ ।

आयोजना निर्माणका लागि ६ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । प्रतिवेदनमा आयोजनाबाट प्रति मेगावाट विजुली उत्पादनका लागि १९ करोड ३५ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

आयोजनाको अवधिमा ३० वर्ष तोकेको छ । त्यस्तै, निर्माण अवधि भने ४ वर्षमा सकिने लक्ष्य लिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लिने र ३० प्रतिशत भने आयोजना निर्माण संस्थाले व्यहोर्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु