कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दा: चुडामणि शर्मासहितलाई ६ अर्ब १५ करोड बिगो र ९ वर्ष कैद



फाइल तस्बिर

काठमाडौं । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टाचार मुद्दामा आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मालाई सजाय निर्धारण गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका अध्यक्ष महतलाई ९ वर्ष १ महिना, सदस्य ढकाल र सदस्य सचिव आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई ९ वर्ष कैद सजाय हुने फैसला गरेको हो ।

विशेषले उनीहरुसँग कूल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ बिगो भराउने ठहर गरेको छ । दामासाहीले भाग लगाउँदा हरेकले २ अर्ब ५ करोड ४६ लाख ९८ हजार ९४९ रुपैयाँ बिगो तिर्नुपर्ने अदालतको ठहर छ ।

विशेष अदालतले जेठ १८ गते उनीहरुलाई दोषी ठहर गरेको थियो। विशेषले शर्मालाई अकुत सम्पत्तिसम्बन्धी मुद्दामा सफाइ दिएको थियो भने कर फर्स्योटमा दोषी ठहर गरेको थियो।


क्लिकमान्डु