लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ४७ करोडको बजेट, कुन स्रोतबाट कति उठाउने ?
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको छ ।
जसमा चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३.८८ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७.४५ प्रतिशत रहेको छ ।
वित्तिय हस्तान्तरणका लागि ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रतिशत विनियोजन गरिएको छ । उक्त बजेटको बजेटमा आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य राखिएको छ ।
संघीय सरकारको राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहको राजस्व बाँडफाँटबाट २ अर्ब ५० करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुने अनुमान छ । चालु आबको मौज्दात ३ अर्ब तथा अन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ ।