सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम ५० प्रतिशत सकियो



काठमाडौं । । राष्ट्रिय गौरव सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । गत वर्षको असोजमा खन्न सुरु गरिएको सुरुङ ९ महिनाको अवधिमा ५० प्रतिशत कार्य सम्पन्न भएको छ ।

आयोजना प्रमुख मित्र बरालअनुसार आयोजनाको १३.३० लामो किलोमिटरमध्ये ६.६५७ किलोमिटर सुरुङ खन्ने काम ९ महिनाको अवधि सम्पन्न भएको बताए छ । टनेल बोरिङ मेसिन ९टीबीएम० बाट सुरुङ खन्न सुरु गरिएको आयोजनाको काम आगामी चिसो मौसमसम्ममा सम्पन्न गर्ने योजना बनाएको छ ।

त्यस्तै, आगामी वर्षको बजेटमार्फत् उक्त आयोजनाका लागि ४ अर्ब ३७ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । चिनियाँ कम्पनी चाइना ओभरसिज इसिन्जनियरिङले देशकै ठूलो नदी डाइभर्सन परियोजनाको सुरुङ खन्ने कार्य तीब्र अगाडि बढाएको छ ।

तराई मधेशको आर्थिक समृद्धिसँग जोडिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने कामका लागि सो चिनियाँ कम्पनलिे ठेक्का पाएको थियो ।

भेरी बबई आयोजनाको सफलतापछि सरकारले सुनकोशी मरिण डाइभर्सन आयोजनामा समेत टीबीएम मेशिनले सुरुङ खन्ने कार्य अगाडि बढाएको थियो । सुनेकाशी मरिणको सुरुङको गोलाई भने ५.५ मिटर रहेको छ ।

चिनियाँ कम्पनलिे १० अर्ब ५ करोड ६८ लाखमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का पाएको थियो । आयोजनाबाट कूल ३१ मेगावाट बिजुली समेत उत्पादन हुनेछ ।

सो आयोजनाबाट प्रदेश नं २ को एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ । हिमाल, पहाड र तराईलाई समेत जोड्ने आयोजनाका रुपमा लिइएको छ ।

आयोजनाबाट २ नम्बर प्रदेशको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ हुनुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ ।


क्लिकमान्डु