पूर्वगभर्नर ढकालको प्रश्न: ब्याजदर तोक्ने राष्ट्र बैंकले हो कि एनबीएले हो ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र पुरुष ढकालले ब्याजदर तोक्ने काम राष्ट्र बैंकको हो कि एनबीएको हो भन्दै प्रश्न गरेका छन् ।
नेपाल ब्यवस्थापन संघ (म्यान) ले आगामी आर्थिक बर्षकाे माैद्रिक नितिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा उनले केन्द्रीय बैंकको कसिलो मौद्रिक नीतिले देशको अर्थतन्त्र बचेको बताए ।
‘देश श्रीलंका हुन लाग्यो भनेका बेला राष्ट्र बैंकले कसिलो मौद्रिक नीति लिँदा अर्थतन्त्र बच्यो’उनले भने, ‘कसिलोबाट खुकुलो हुँदै गएको अब कसिलो हुनुपर्छ ।’ उनले मौद्रिक नीति कतै कसिलो र कतै सजिलोअर्थात कसजिलो चाहिने बताए ।
हङकङका लागि सामान बेच्ने सटर बन्द भएर फरक नपर्ने भन्दै उनले दैनिक जीवन उपभोग्य बस्तु बेच्ने सटर भने बन्द हुन नहुने उनले बताए ।
नेपालमा पर्यटक आउन थालेपछि तीन खाले कर थपेको उनले बताए ।
देशमा १२/१५ बैंक भए पुग्ने भन्दै उनले मर्जरको नीति अझै कडा बनाउन सुझाव दिए । सार्क राष्ट्रमा प्रयोग हुने डिजिटल करेन्सी चाँडो ल्याउन ढकालले सुझाव दिए । उनले महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नोट किन चाहियो भन्दै उनले प्रश्न गरे ।