उत्पादन कटौती गर्ने साउदीको निर्णयले तेलको मूल्यमा उछाल



एजेन्सी । तेल उत्पादक देशहरु कच्चा तेलको मूल्यलाई कम हुन नदिन उत्पादन कटौती गर्ने विषलाई निरन्तरता दिने विषयमा सहमत भएका छन् ।

हालै साउदी अरबले जुलाईबाट तेलको उत्पादनलाई १० लाख ब्यारलले कटौती गर्ने जनाएको छ । सँगै ओपेक प्लस देशहरुले पनि २०२४ बाट अहिले भइरहेको कटौती बाहेक पनि दैनिक १४ लाख ब्यारल तेलको कटौती गर्ने बताएका छन् ।

ओपेक प्लस देशहरुमा विश्वको ४० प्रतिशत तेलको उत्पादन हुन्छ । यी देशहरुले गर्ने फैसलाको असर कच्चा तेलको मूल्यमा पर्ने गर्छ । हाल यी देशहरुले कच्चा तेलको उत्पादनमा नै कटौती गर्ने निर्णय गरिरहेका छन्, जसको असर बजारमा पनि देखिन सुरु भएको छ । गत सोमबार एसियाली बजारमा ब्रेन्ट क्रुड तेलको मूल्य २.४ प्रतिशतले बढेर ७७ डलर प्रतिब्यारेलसम्म पुगेको छ ।

आइतबार तेल उत्पादक देशहरुको बैठक ७ घण्टासम्म भएको थियो । रुसले यो बैठकको नेतृत्व गरेको थियो । यो बैठकको मुख्य छलफलको विषय तेलको खस्किदैं गएको मूल्यको विषयमा थियो ।

रुसका उपप्रधानमन्त्री एलेक्सान्दर नोवाककाअनुसार अक्टोबर २०२२ पछि ओपेक प्लस देशहरुले कच्चा तेलको उत्पादनमा दैनिक ३६.६ लाख ब्यारल कटौती गरेका छन् ।

ओपेक प्लसमा तेलको उत्पादन गर्ने देश र तीनिहरुका सहयोगी देशहरु संगठित छन् । यो संगठनले पहिले नै २० लाख ब्यारल तेल प्रतिदिन कटौती गर्ने विषयमा सहमत भएका थिए । यो भनेको विश्वभरमा हुने तेलको मागको २ प्रतिशत हो ।

‘यो बैठकपछि तेल कटौतीको सम्झोतालाई २०२४ को अन्त्यसम्म निरन्तरता दिने सहमति भएको छ,’ नोवाकले आइतबारको बैठकपछि भनेका छन् ।

गत अप्रिलमा साउदी अरबले अचानक प्रतिदिन १६ लाख ब्यारल तेलको कटौती गर्ने घोषणा गरेको थियो । मेबाट यो निर्णयलाई लागु गरियो । साउदीको यो कदमको केही दिनपछि तेलको मूल्य बढेको थियो ।

तर, यसले दीर्घकालिन रुपमा तेल उत्पादक राष्ट्रहरुले गरिरहेको चिन्तालाई भने सम्बोधन गरेन् । केही समयका लागि तेलको मूल्य बढेपनि कालान्तरमा मूल्य कम हुँदै गयो, जुन तेल उत्पादक राष्ट्रहरुको ईच्छाको पाटो थिएन ।

आइतबार साउदी अरबका तेल मन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले आवश्यक देखिएमा प्रतिदिन १० लाख ब्यारलको कटौती जुलाईपछि पनि निरन्तर राख्ने बताएका छन् । साउदीको यो कदमलाई तेलको बजारमा स्थिरता ल्याउने कोशिशको रुपमा लिइएको छ ।

युक्रेनमाथि रुसको आक्रमणपछि तेल उत्पादक देशहरुले कच्चा तेलको मूल्यमा उतारचढावका कारण अस्थिर बजारसँग जुँध्नु परेको बताएका थिए । युद्धका कारण बजारमा आएको अस्थिरताले यी देशहरुलाई आर्थिक रुपमा नै असर गर्न थालेको थियो ।

अर्कातिर, पश्चिमा देशहरुले ओपेक (तेल उत्पादन गर्ने देशहरुको समूह)माथि मूल्य प्रभावित गर्ने र वैश्विक अर्थव्यवस्था कमजोर बनाउन खोजेको भन्ने आरोप लगाइरहेका थिए ।

यीनै आरोपको प्रतिक्रियामा ओपेक देशहरुको तर्फबाट पश्चिमा देशहरुको वित्तीय नीतिहरुका कारण पछिल्लो एक दशकमा महंगी बढेको र तेलको उत्पादन गर्ने देशहरुले आफ्नो मुख्य निर्यात बस्नुको मूल्य बचाएर स्थिर राख्नका लागि यस्तो कदम चाल्न बाध्य भएको स्पष्टिकरण दिइरहेका थिए ।

आपेकको दुई दिवसीय बैठकभन्दा पहिले यो संगठनले तेलको मूल्य बढाउनका लागि उत्पादनमा कटौती गरिरहेको बताइएको थियो । तर त्यत्तिबेला अधिकांश सदस्य राष्ट्रहरु यो विचारको विरुद्धमा भएको देखिएको थियो किनकी कटौती गर्नुले ती देशहरुको आम्दानी पनि कम हुन्थ्यो, जुन उनीहरुको अर्थव्यवस्थालाई सञ्चालनका राख्नका लागि आवश्यक थियो ।

साउदी अरबले दैनिक १० लाख ब्यारल कटौती गर्ने निर्णय स्वेच्छिक रुपमा लिएको थियो । तर, कसैलाई पनि यो निर्णयका कारण समस्या भएको थिएन । साउदी अरबले यो संगटनको नेतृतव गर्छ र सबैभन्दा ठूलो तेल उत्पादक पनि हो । तर, सुरुवातमा साउदी अरब मात्रै यो दिशामा गएर कदमहरु उठाउने स्थितिमा थियो ।

साउदी अरबको नजरबाट हेर्दा उसका लागि प्रति बेरल तेलको मूल्य ८० डलरभनदा माथि हुन आवश्यक छ । यस्तो अवस्थामा मात्रै साउदीले फाइदा कमाउन सक्छ ।

साउदीका सम्बन्धित अधिकारीहरु तेलको मूल्यलाई उच्च राख्न खोज्छन् किनकी यसले राजकुमार मोहम्मद बिन सलमानलाई अरबौं डलरको परियोजनाका लागि पैसा आउने गर्छ । राजकुमार सलमान साउदीको अर्थव्यवस्थाको तेलमाथिको निर्भरतालाई कम गर्नका लागि यसमा विविधता ल्याउने कोसिस गरिरहेका छन् ।

साउदीको यो कदम आगमाी महिनामा इन्धनको मागलाई अनिश्चित दृष्टिकोणकोतर्फ लैजाने देखिएको छ । वैश्विक अर्थव्यवस्थाको बारेमा चिन्ता, विशेष रुपमा अमेरिका र युरोपमा मन्दीको आशंकाले कच्चा तेलको मूल्यमाथि थप दबाब बढ्ने आशंका पनि देखिएको छ ।

बीबीसीबाट


क्लिकमान्डु