चीनमा हिमाली पहिरोमा परी १४ जनाको मृत्यु, ५ बेपत्ता



एजेन्सी । चीनको दक्षिण-पश्चिमी सिचुआन प्रान्तको लेसान सहरमा आइतबार पहिरो जाँदा १४ जनाको मृत्यु भएको छ ।

प्रान्तीय प्रशासनले पहिरोमा परी १४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घटनामा अन्य ५ जना बेपत्ता भएको स्थानीय सञ्चार विभागले जनाएको छ ।

जिनकोहे जिल्लाको योङसेङ टाउनसिपको एक जंगल क्षेत्रमा बिहान ६ बजेतिर पहिरो खसेको थियो । 

घटनापछि बेपत्ताको खोजी गर्न १८० जनाभन्दा बढीको उद्धार टोली खटाइएको र उनीहरूको खोजीकार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।


क्लिकमान्डु