बिकेन बैंकले गरेको लिलाम सम्पत्ति, कुमारीले निकाल्यो अर्को सूचना



काठमाडौं । पछिल्लो समय बैंकहरुले लिलाम गर्ने सम्पत्ति समेत लिलाम हुन छोडेको छ । सम्पत्ति लिलाम हुन छोडेपछि बैंकहरुले पटक पटक सूचना प्रकाशित गर्न थालेका छन् ।

बैंकको कैलालीको अत्तरिया शाखाको धितोमा रहेको सम्पत्ति लिलाम गर्न यसअघि नै १५ दिने सूचना प्रकाशित गरेको थियो । उक्त अवधिमा धितो लिलाम हुन नसकेपछि पुन ७ दिनको समय दिएर सूचना प्रकाशित गरेको छ ।

बैंकले विभिन्न ८ जना ऋणीको चल अचल सम्पसत्त लिलाम गर्न लागेको छ । ऋणीहरुले प्राप्त गरेको ऋणकर्जाहरुको बैंकलाई समय समयमा तिर्नु बुझाउनु पर्ने साँवा, व्याज, पेनाल ब्याज आदि चुक्ता भुक्तान गर्न पटक पटक लिखित एवं मौखिक रुपमा सूचना गरी तरताकेता गर्दा समेत नतिरेको जनाएको छ ।

बैंकले जेठ १२ गते शुक्रबार गोप्य शिलबन्दी बोलपत्रद्वारा शाखा कार्यालय अत्तरिया, कैलालीमा लिलाम बिक्री गरी बैंकको लेना रकम असुल उपर गरिने जनाएको छ ।


क्लिकमान्डु