ग्लोबल आईएमई बैंकले कर्जा नतिर्नेको सम्पत्ति लिलाम गर्दै



काठमाडौं । ग्लोबल आईएमई बैंकले धितोमा रहेका तीन ऋणीहरुको सम्पत्ति लिलाम गर्नका लागि ७ दिने सूचना निकालेको छ।

बैंकले शुक्रबार सूचना प्रकाशित गर्दै कर्जा लिँदा लिखित तथा सम्झौता बमोजिम समयमा तिर्नुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर भुक्तान गर्न पटक पटक ताकेता गर्दा समेत चुक्ता नगरेकाले सुरक्षणमा राखिएको सम्पत्ति लिलाम बिक्री गर्नका लागि ७ दिने शिलबन्दी बोलपत्र आह्वान गरिएको जनाएको छ । बैंकले यसअघि पिन ३५ दिने सूचना निकाल्दै कर्जा तिर्न भन्दा समेत नतिरिएकाले लिलाम बिक्री सम्बन्धित ७ दिने सूचना निकाले हो ।

सूचनाकाअनुसार ओभरड्राफ्ट कर्जा लिने काभ्रेकी कल्पना शाही प्रोप्राइटर रहेको रक कस्मेटिक्स, सोलुखुम्बुका राजु राना प्रोप्राइटर काष्ठ मण्डप रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस र ओलढुंगाकी रेखा खत्री प्रोप्राइटर रहेको लामा कार्की किराना पसलको धितो लिलाम गर्न लागिएको हो ।

बैंकले लिलाम बिक्रीको बोलपत्रमा प्रस्ताव दिनका लागि बोलपत्र आवेदन फराम परेर इच्छुकले प्रस्ताव पेश गर्न सक्ने छन् । जेठ ११ गतेसम्म बोलपत्र पेश गर्न सकिने र जेठ १२ गते बोलपत्र ओलिने बैंकले जनाएको छ ।


क्लिकमान्डु