३५ दिनभित्र ऋण नतिरे ११ व्यक्ति तथा फर्मको घर जग्गा नेपाल बैंकले लिलाम गर्ने



काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो सुरक्षणमा रहेको घर जग्गा लिलाम गर्ने भएको छ ।

बैंकले विभिन्न शाखाबाट कर्जा लिएका ११ व्यक्ति तथा फर्महरुको सुरक्षणमा रहेको घर तथा जग्गाहरु आगामी ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा ३६ औं दिनबाट लिलाम गरिने सूचना प्रकाशित गरेको हो ।

बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै विभिन्न शाखाबाट कर्जा अन्तर्गतको सावा ब्याज नियमित रुपमा नतिर्ने र कर्जा असुलका लागि पटक पटक ताकेता गर्दा पनि कर्जा चुक्ता नगरेकाले ३५ दिनभित्र (असार ५ गते) कर्जा चुक्ता गर्न र त्यसो नगरेमा ३६ औं दिनबाट सुरक्षणमा रहेको घरजग्गा लिलाम गर्ने बैंकले जनाएको छ ।

प्रकाशित सूचनाकाअनुसार ३५ दिनभित्रमा कर्जा चुक्ता नगरेमा ऋणी र व्यक्तिगत जमानी दिनेहरुलाई कालोसूचिमा राख्ने र कर्जा सुरक्षणमा राखिएका घरजग्गा लिलाम गरिने छ । असार ६ गतेबाट यसरी सुरक्षणमा राखिएका जग्गाहरु लिलाम हुने बैंकले जनाएको छ ।


क्लिकमान्डु