नबिल बैंकले चितवनको ६ कठ्ठा १० धुर जग्गा लिलामी गर्ने
काठमाडौं । कर्जा समयमा नतिरेपछि नबिल बैंकले भाष्कर राजकर्णिकारको सम्पत्ति लिलाम गर्ने भएको छ ।
साँवा किस्ता र ब्याजसमेत तिर्न बैंकले पटक-पटक मौखिक र लिखित ताकेता गर्दा पनि नतिरेको जनाउँदै चितवनमा रहेको जग्गा १५ दिनभित्र लिलाम गर्ने भएको हो ।
बैंकले चितवनको देवौली-९ हाल रत्न नगरपालिका-९ मा रहेको कित्ता नम्बर १११६ मा रहेको ३ कठ्ठा ५ धुर र कित्ता नम्बर १११५ मा रहेको ३ कठ्ठा ५ धुर जग्गा लिलामीका लागि सूचना निकालेको छ ।
यस्तै बैंकले समृद्धि राजकर्णिकारको नाममा रहेको चितवनको देवौली गाविस वडा-९ हाल रत्न नगरपालिका-९ मा रहेको कित्ता नम्बर २००७ मा रहेको ४३६.७० वर्गमिटर जग्गा लिलाम गर्न १५ दिने सूचना निकालेको छ ।
उक्त जग्गा किन्न चाहनेका लागि जेठ १७ सम्म बैंकको कर्जा असुली विभाग बिजुलीबजार वा शाखा कार्यालय घन्टाघरमा शिलबन्दी बोलपत्र पठाउन बैंकले आह्वान गरेको छ । बोलपत्र १८ गते बैंकको शाखा कार्यालय घन्टाघरमा खोलिनेछ । भाष्करराजले श्री फुड प्रोजेक्ट प्रालिका लागि कर्जा लिएको बैंकले जनाएको छ ।