विद्यालय र उपमहानगरपालिकालाई सनराइज बैंकको सहयोग



काठमाडौं । सनराइज बैंकले धनगढीका विद्यालय, विद्यार्थी र उपमहानगरपालिकालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको हो ।

बैंकले धनगढी ५ हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका मंगलबार लागि ३ थान प्रोजक्टर हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपालले विद्यालयका प्रधानाध्यापक प्रेमनिधि ओझालाई प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

प्रधानाध्यापक ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्न बैंकको सहयोगले सहज हुने बताए ।

मंगलबार नै बैंकले धनगढी उपमहानगरपालिकालाई ३० थान डस्टबिन हस्तान्तरण गरेको छ । महाप्रबन्धक नेपालले उपमहानगर प्रमुख गोपाल हमाललाई डस्टबिन हस्तान्तरण गरेका हुन् ।

सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडकपेटीमा उक्त डस्टबिन राखेर सहयोग गरिएको बैंकका नायब महाप्रबन्धक नेपालले बताए ।

बैंकले सोही दिन धनगढीको त्रिनगर विद्यालयका विद्यार्थीलाई साइकल सुरक्षित रुपमा राख्न सहज होस् भन्ने उद्देश्यले सयवटा क्षमताको साइकल स्ट्यायान्ड बनाइदिएको छ ।


क्लिकमान्डु