सुर्खेतको यरिचोकमा नेपाल बैंकको शाखा स्थापना



काठमाडौं । नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ४ यरिचोकमा शाखा स्थापना गरेको छ ।

नयाँ शाखाको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले मंगलबार उद्घाटन गरेका छन् ।

शाखा उद्घाटन गर्दै शर्माले सहरमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि शाखा खोल्न बैंकहरुलाई सुझाव दिए । उनले सहज, सुलभ, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्न बैंकका कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, व्यापारी लगायतको उपस्थिति थियो ।


क्लिकमान्डु