काठमाडौं महानगरभित्र रहेका भवनहरुको नक्सा स्वीकृत गर्न ३५ दिने सूचना
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी, संस्थागत, निजीलगायतका भवनहरुको नक्सा पास गर्न ताकेता गरेको छ ।
महानगरले एक सूचना प्रकाशित गर्दै महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै किसिमका भवनहरुको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकुल रहेको भएमा आगामी ३५ दिनभित्र नक्सा पेस गरी नक्सा स्वीकृत वा नियमित गर्न अनुरोध गरेको छ ।
महानगरले यसअघि गत वर्ष भदौं २४ गते सूचना प्रकाशित गर्दै यस्ता भवनहरुको नक्सा पास गर्न, स्वीकृत वा नियमित गर्न सूचना प्रकाशित गरेको थियो । तर, उक्त समयभित्र नक्सा स्वीकृत वा नियमत गर्न असमर्थ भएका संघसंस्था, सरकारी, अर्ध सरकारी, वित्तीय संस्थालगायतका निकायहरुलाई आगामी ३५ दिनको समय दिँदै महानगरले पुनः सूचना निकालेको छ ।