बैंकिङ कसुर ऐन संशोधन नहुँदासम्म परियोजनामा आधारित कर्जा लगानी हुन सक्दैन: सुनिल केसी



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकिङ कसुर तथा सजाय ऎन संशोधन नहुँदासम्म परियोजनामा आधारित कर्जा लगानी गर्न नसकिने बताएका छन् ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका केसीले बैंकहरू परियोजनामा आधारित कर्जा लगानी गर्न तयार भए पनि ॠण स्वीकृत गर्ने अधिकारी जेल जान सक्ने कानूनले गर्दा त्यस्तो कर्जा लगानी हुन नसकेको बताए ।

‘चालू पूँजी कर्जा सम्बन्धि नीतिमा चालू पूँजी प्रकृतिको कर्जा धितोबिना दिनु पर्ने व्यवस्था भए पनि बंकिङ कसुर सम्बन्धि कानूनले गर्दा बिना धितो कर्जा लगानी गर्न नसकिएको हो’ केसीले भने,’यदी उक्त कानूनमा संशोधन भयो भने परियोजनामा आधारित कर्जा लगानी हुन सक्छ ।’

बैंक वित्तीय संस्थाले आयातमा भन्दा पनि आन्तरिक उत्पादन बढाउने परियोजनामा कर्जा लगानी बढाउन चाहेको केसीले बताए ।

‘हामीलाई श्रोतको अभाव पनि छैन । राष्ट्र बैंकले लचिलो नीति लिएपछि हामीले नै १६ करोड डलर पैसा ल्याएका छौं´केसीले भने,’हामीले थप १५ करोड डलर ल्याउने प्रक्रियामा छौं । यदी आन्तरिक उत्पादन बढाउने परियोजना भयो भने विदेशमा श्रोत ल्याउने अवसर छन् ।’


क्लिकमान्डु