सिटिजन्स बैंक र दृश्य लाउन्जबीच समझदारी



काठामडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको नयाँ बानेश्वरमा रहेको दृश्य लाउन्ज प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको छुट पाउने भएका छन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने तथा नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सिटिजन्स बैंकले देशैभरिका १८२ शाखा, ३ विस्तारित काउन्टर, १३९ एटीएम, ६ कियोस्क सेवा र ९७ शाखारहित बैंकिङ इकाइबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु