सनराइज बैंक र अरोगिन हेल्थकेयरबीच सहकार्यका लागि सम्झौता



काठमाडौं । सनराइज बैंक र अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रबीच सहकार्यका लागि सम्झौता भएको छ ।

बैंकले स्वास्थ्य क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले काठमाडौंको विशालनगरस्थित अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रसँग सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैंकका ग्राहकले यस बैंकको क्रेडिट, डेबिट कार्ड, क्यूआर वा मोबाइल बैंकिङ मार्फत अरोगिन हेल्थकेयर तथा अनुसन्धान केन्द्रका विभिन्न सेवा तथा उपचार सुविधामा ४५ प्रतिशतसम्मको छुट पाउने छन् ।

सम्झौता पत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अरोगिन हेल्थकेयरका व्यवस्थापन प्रमुख जानुका विष्टले हस्ताक्षर गरेका छन् ।

सनराइज बैंकले ग्राहकरुलाई नयाँ र समय सापेक्षिक सेवा प्रदान गर्दै आएको छ । बैंकले ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको छ ।


क्लिकमान्डु