वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीलाई महिनैपिच्छे ब्याजदर परिवर्तन गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अब महिनैपिच्छे कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जामा हरेक महिना ब्याजदर परिवर्तन गर्नुपर्ने गरी निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले पछिल्लो तीन महिनाको आधार दरअनुसार मासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशमा ‘कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधार दरमा भएको थप–घटको सीमासम्म मासिक रुपमा परिवर्तन गर्नुपर्ने’ उल्लेख छ ।

यसअघि त्रैमासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने व्यवस्था रहेको अब महिनैपिच्छे परिवर्तन गर्नुपर्ने भएको हो ।

निर्देशनअनुसार फागुन, चैत र वैशाखको औसत आधार दरमा भएको परिवर्तनअनुसार जेठमा पनि कर्जाको ब्याजदर परिवर्तन गर्नुपर्ने भएको छ ।


क्लिकमान्डु