सनसाइज बैंकका दुई शाखारहित बैंकिङ सेवा विस्तार
काठमाडौं । सनराइज बैंकले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ ।
बैंकले कञ्चनपुरको कृष्णपुर र डडेल्धुराको अजयमेरूमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो । वैशाख १५ गते शुक्रबार बैंकले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिकाको कलुवापुर र डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिकाको देवल दिव्यपुरमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
यी दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या १०२ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करमसिंह राना र देवल दिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरणलगायत बैंकले प्रदान गर्ने अन्य सेवासमेत उपलब्ध गराइने बताएको छ । बैंकका हाल १३९ शाखा, १३ एक्सटेन्सन काउन्टर, १६२ एटीएम र १०२ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ ।