धौलागिरी लघुवित्तका सञ्चालकले पाउने भत्ता १००% ले बढ्यो, विदेश जाँदा कति पाउँछन् ?



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सञ्चालकलाई दिने भत्ता १०० प्रतिशतले बढाएको छ ।

यसअघि धौलागिरी लघुवित्त वित्तीय संस्थाले संचालक समितिको अध्यक्ष र संचालकले पाउने प्रति बैठक भत्ता ३ हजार बाट बढाएर ६ हजार रुपैयाँ पुर्याएको छ । वैशाख १६ गते सम्पन्न कम्पनीको साधारण सभाले सञ्चालकको भत्ता बढाउने प्रस्ताव पारित गरेको हो ।

हाल भइराखेको मंहगी समेतलाई विचार गरी कर सहित अध्यक्षको प्रति बैठक भत्ता ६ हजार रुपैयाँ र संचालकले प्रति बैठक भत्ता ५ हजार रुपैयाँ पाउने व्यवस्था गरेको छ ।

यस्तै नेपाल भित्रको दैनिक भ्रमण भत्ता बापत ३ हजार ५०० रुपैयाँका दरले पाउने प्रस्ताव सभाले पारित गरेको छ ।

संचालकहरुको उप समिति लगायतका बैठकमा समेत सोही संशोधित दुवै भत्ताहरु लागु हुनुका साथै भारतमा जादा दैनिक भ्रमण भत्ता प्रतिदिन भा.रु. ४ हजार ५०० र भारत बाहेक अन्य विदेशी मूलकमा भ्रमणमा जाँदा प्रतिदिन दैनिक भ्रमण भत्ता बापत अमेरिकी डलर २०० पाउने प्रस्ताव सभाले पारित गरेको छ ।

यो प्रस्ताव सभाले पारित गरेको मिति देखि लागु हुने गरी संशोधन गरेको जनाएको छ ।


क्लिकमान्डु