काठमाडौं महानगरपालिकामा ७० जनालाई रोजगारीको अवसर



काठमाडौं । काठमाडौं महानगरपालिकाले ७० जना नगर प्रहरी जवान माग गरेको छ ।

बुधबार महानगरले सूचना प्रकाशित गर्दै नेपाल प्रहरीतर्फको सूचीबाट र सशस्त्र प्रहरीतर्फको सूचिबाट ७० जना नगर प्रहरी जवान पदपूर्ती गर्ने जानकारी दिएको छ ।

महानगरले यसअघि वैशाख १० गते प्रकाशन गरेको सूचनामा प्राप्त निवेदनबाट ३० जना उम्मेदवारहरुलाई करार सम्झौता गराई काम लगाइनेछ ।

नेपाल प्रहरी जवान भर्ना सम्बन्धमा गत चैत १७ गते गृह मन्त्रालयबाट प्राप्त वैकल्पिक सूचीमा रहेका नामहरुमध्येबाट सूचना प्रकाशित भएको १५ दिनभित्र प्राप्त निवेदनबाट यसअघि नियुक्ति दिएकालाई करारमा अब आवेदन दिनेहरुलाई नियुक्ति दिइने महागरले जनाएको छ ।

महानगरले खुल्लातर्फ नेपाल प्रहरीको सूचिबाट २४ जना र सशस्त्र प्रहरीको सूचिबाट १४ जना प्रहरी जवान मागेको छ । त्यस्तै, महिला समूहतर्फ १५ जना नेपाल प्रहरीबाट, आदिवासी जनजाती समूहतर्फ १२ जना नेपाल प्रहरीबाट, मधेशीतर्फ १ जना नेपाली प्रहरीबाट, दलितबाट ३ जना नेपाल प्रहरीबाट र अल्पसंख्यक समूहतर्फ १ जना नेपाल प्रहरीबाट पदपूर्तीका लागि मागेको हो ।

त्यस्तै, गत वैशाख १० मा निवेदन दिएका ३० उम्मेदवारहरुलाई सूचना प्रकाशित भएको ७ दिनभित्र नियुक्ति बुझ्न आउन समेत महानगरले सूचना प्रकाशित गरेको छ ।


क्लिकमान्डु